शिक्षा मन्त्री सुमना श्रेष्ठलाई रमेशबाबुकाे खुल्ला पत्र।
मन्त्री ज्यु नमस्कार,

नयाँ जोश र जागरका साथ शिक्षा क्षेत्रमा सुधार गरि नयाँपन सृजना गर्न खोज्नु भएको प्रयास स्वागतयोग्य छ र साथ र समर्थन पनि छ।
तर तपाईका प्रतिबद्द्तासंग जोडिएका केही सबालमा बहस गर्न मन लाग्यो र कलम चलाउने प्रयास गरे अन्यथा नलिनु होला।
१. निशुल्क शिक्षा
आधारभुत तह अनिवार्य र निशुल्क र माध्यमिक तह निशुल्क को मौलिकहकको कार्यान्वयनका लागि प्रत्येक सामुदायिक विद्यालयलाइ निर्देशन दिनु भएको छ।एकदमै राम्रो प्रयास तर रास्ट्रिय परिक्षा बोर्ड्ले १२ र १० कक्षाको रजिस्ट्रेशन शुल्क र परीक्षा शुल्क लिन नपाइने भनेर तपाईंको पक्षबाट निशुल्क शिक्षा कार्यान्वयन पक्षमा गएको खै? पहिला तपाइँले मन्त्री परिषदबाट रजिस्ट्रेशन र परिक्षा शुल्क लिन नपाउने निर्णय गराउनुहोस।


२.शिक्षक राजनीतिक दलको सम्बन्ध।
शिक्षकले राजनीतिक दलको सदस्याता लिनु हुदैन।यसमा आम शिक्षकलाइ राजनीतिक दलको सदस्यता त्याग्न मेरो पनि अनुरोध छ।तर आम शिक्षक २०३६ शाल २०४६ शाल २०६३ शालको परिबर्तनका लागि ज्यान आउती दिएको भुल्न्ने?।त्यही शिक्षकले आन्दोलन गरेको जगमा प्रजातन्त्र प्राप्तिले म मन्त्री भए भन्न पाउनु भएको होइन?
सक्नुहुन्छ!विद्यालय ब्यबस्थापन समितिमा गैर राजनितिक ब्यक्तीको सम्लग्नता बढाउन? के राजनीतिक दलका सद्स्यको बि ब्य स मा प्रबेश भन्दा शिक्षकले राजनितिक जानाकारी राखेको प्रभाव तपाईंलाई जलन भो?
बि ब्य स मा पनि गैर राजनीति ब्यक्तिको प्रबेश बढाउने निर्देशन खै?

३.विद्यार्थी र युबा बिदेशिने प्रवृत्ति रोक्नु।
खै युबा र विद्यार्थी बिदेशीने प्रवृत्ति रोक्ने प्रयास र नीति?भएका प्राबिधिक विद्यालय र बिश्वविद्यालय शुन्य छ्न।बदलिदो परिवेश अनुसारको ब्यबहारिक पाठक्रम निर्माणमा प्रयास खै?।मन्त्रालय भित्र बसेर नीति बनाउने गाउका विद्यालय र सरोकार वालाको सहभागीतै छैन।शिक्षक सहभागिता छैन।अनि शिक्षकले नतिजा दिएनन।खै नितिनिर्माणमा शिक्षक अभिभावक सम्लग्नता?

४.मन्त्रीको जिम्मेवारी र कर्तव्य ।
निजि विद्यालयको बिज्ञापन हजुरको कर्तव्य पथ भन्दा बाहिरको होइन र? कि मै अबुझ छु?
नयाँ सोच भएका मन्त्रीले पदीय दायित्व बिर्सिएर राज्यको स्रोत साधनको अपचलन गरि पार्टीको चुनाब प्रसारमा जान मिल्छ र?
नयाँ परिबर्तन आफैबाट शुरु गर्नु कस्ले रोक्यो र? तपाईं आम जनताको मन्त्री होइन र?

५. शिक्षा बिधेयक २०८०
के शिक्षा ऎन जारी गरि नयाँ शिक्षाको प्रत्याभुती दिनु तपाइको कर्तव्य होइन र?
कहिले पुनर लेखन भन्नुहुन्छ।कहिले वडा वडामा छलफलमा लानु पर्छ भन्नुहुन्छ।यसलाइ lingering गराउदा तपाइहरुलाइ फाइदा के? राज्यलाइ फाइदा वा नोक्सान के? नयाँ पिढिलाइ यस्को नैरस्यताको असर कहिल्यै एक छिन बसेर मुल्यांकन एबम विश्लेषण गर्नु भएको छ?

६.रिक्त दरबन्दी लुकाइएको बारे।
स्थानीय पालिकाले शिक्षकको रिक्त दरबन्दी विवरण लुकाइ राजनीति आस्थाका आधारमा गरेका नियुक्ति जोगाउन खोज्दा यसलाइ नियमन खै? अध्याबधिक IEMIS का आधारमा बिज्ञापन गर्न केले रोक्यो?

७. तिक्ष्ण सिकारु शिक्षण पेशामा
तिक्ष्ण जनशक्तिलाई शिक्षा पेशामा आबद्ध गराउने खै निति? इच्छुक विद्यार्थीले योग्यता पुगे पछि शिक्षक लाइसेन्स लिन पाउने सरकारको नीति तथा कार्यक्रम र बजेट भासणको कार्यान्वयन कता पुग्यो?

८.अभिभावक शिक्षा
के विद्यालयको गुणस्तर अभिबृद्दी गर्न नसक्नु शिक्षकको मात्र दोष हो त? अभिभावकलाई आफ्ना बालबालिका प्रती जिम्मेवार बोध गराउन दिनु पर्ने अभिभावक शिक्षा कार्यक्रमको आबस्यकतै छैन त?
९. आबासिय विद्यालय
साच्चिकै बिपन्न लक्षित शिक्षा कार्यक्रम ल्याउन प्रत्येक पालिकामा आबासिय विद्यालय जरुरी छ।यस्को बारेमा सोच्नु भएको छ कहिल्यै?
१०.शैक्षिक सुशासन
शैक्षिक सुशासनका स्तभ तयार पारी कर्मचारी प्रोत्साहन गर्ने नीति खै? खाली शिक्षक कर्मचारीलाई गाली र नियन्त्रण गरेर सुशासनको अपेक्षा गर्नु भएको छ भने तपाई गलत पथमा हुनुहुन्छ।
अन्त्यमा बोले जस्तो सहज छैन परिबर्तन गर्न।तपाइको पहिलो कसि बजेट हो।यदि बजेटमा राज्यले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता बमोजिम तपाइले कुल बजेटको २०% बजेट शिक्षामा छुट्टाउन सक्नु भयो भने तपाईंको मुक्त कण्ठले प्रसंम्सा गर्छु। हाम्रो मुल्यांकन कार्यमा हुन्छ बोलिमा मात्र होइन।
रमेश बाबू भट्टराई , शिक्षक संघ तनहुँ अध्यक्ष ।








































