म्याग्देमा निशुल्क मृगौला परिक्षण सुरु

तनहुँकाे म्याग्दे गाउँपालिकामा मंगलबार देखि निशुल्क रुपमा मृगौला परीक्षण सुरु भएको छ । जसअनुसार पहिलो दिन म्याग्दे गाउँपालिकाको वडा नं १ स्थित गुणादीमा मृगौला परीक्षण कार्य सुरु भएको थियो ।सो कार्यको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुभारम्भ गरेका थिए । साे अवसरमा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , वडा नं १ का अध्यक्ष मणिभद्र वाग्ले लगायतको सहभागीता रहेको थियो । शिविरको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले शिविर सञ्चालन सगै गाउँपालिकाबासीलाई सुविधा पुग्ने बताए । शिविरकाे पहिलो दिन ४ सय ८० जनाको निशुल्क मृगौला परीक्षण गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page