व्यास नगरपालिकाकाे म्याराथन प्रतियोगिताकाे उपाधि नेपाली शेनाका जुनेश खड्कालाई
तनहुँ, माघ १६ मंगलवार । व्यास नगरपालिकाद्वारा आयोजित सातौं व्यास नगर खुल्ला अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका जुनेस खड्का (खोटाङ ) ले जितेका छन् । ४४ किलोमिटरको निर्धारित दूरी खड्काले ३ घण्टा १८ सेकेण्डमा पार गरेका थिए । त्यसैगरि प्रतियोगितामा मोहन देव जोशी( बैतडी ) ले निर्धारित दुरी ३ घण्टा २ मिनेट ३३ सेकेण्डमा पार गरेर द्धितिय भएका छन् भने करन रावल ( बझाङ ) ले ३ घण्टा १० मिनेट ३० सेकेण्डमा उक्त दुरी पार गरेर तृतीय भएका छन् । प्रतियोगितामा सान्त्वना हुने पाँच धावकहरुमा त्रिभूवन आर्मी क्लबका राजन मेचोङबा , सोहि क्लबकै प्रताप खड्का , सोलुखुम्बुका अर्जुन राई , त्रिभुवन आर्मी क्लबकै तिलक सुनुवार र दाङका प्रेम बहादुर बस्नेत रहेका छन् । विजयी धावकहरुलाई व्यास- ८ को पुलिमऱ्याङ्गमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रमा नगद, ट्रफि, मेडल, प्रमाणपत्र सहित महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने , उपप्रमुख इन्दिरा दरै लगायतले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने लाई ८५ हजार ८०, ६५ हजार ८०, ५५ हजार ८० र सान्त्वना हुने पाँच जनालाई जनही १६ हजार ८० का दरले नगदबाट पुरस्कृत गरिएको थियो ।

























