फाेहाेर संकलन प्रतियोगितामा प्रथम हुनेलाइ १० हजार पुरस्कार
दमौलीका युवा सुदिप गफ्फारले बुल्दी-चुँदी खोला वृहत सरसफाई अभियान सञ्चालन कार्यक्रमलाई अगाडि बढाउन विभिन्न याेजना ल्याएका छन् । जसअनुसार एउटा वडा तथा टाेलवाट १५ जना सम्मको टिम बनाइ धेरै फोहर संकलन गर्नेलाई पुरस्कारको व्यवस्था गरेका छन् ।


बैशाख २९ गते बुल्दी खाेला तथा जेठ ५ गते चुँदि खाेला सरसफाइ अभियान एवम् प्रतियोगिता गर्ने र उक्त प्रतियोगितामा प्रथम तथा द्धितिय हुनेलाइ क्रमश १० हजार र ५ हजार पुरस्कार एवम् प्रमाणपत्र उपलब्ध गराउने उनले जानकारी दिएका छन् । सुक्रवार कार्यक्रमकाे बारेमा जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा चुँदी र बुल्दी खाेला संरक्षणकाे लागि याे अभियान ल्याइएको गफ्फारले बताए । अहिले हामीले संरक्षण गर्न सकेनौं भने भाेलिका पुस्ताले खाेला पनि देख्न नपाउने अवस्था आउन सक्ने भन्दै गफ्फारले यस अभियानलाई सहयोग गर्न सबैलाई आव्ह्वान गरेका छन् ।


कार्यक्रममा व्यास नगरपालिका वडा नं ५ का पुर्व अध्यक्ष माेहन कुमार श्रेष्ठ , तनहुँ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष कुमार मल्ल , पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पाैडेल लगायतको उपस्थिति रहेको थियो ।













































