बाघको आक्रमण बाट म्याग्देका मनबहादुर घाइते
बाघको आक्रमणमा परी म्याग्देमा एकजना घाइते भएका छन् । म्याग्दे गाउँपालिका वडा नं २ पातेचाैरका ६८ वर्षिय मन बहादुर बरम्जा मगर घाँस दाउरा गर्न नजिकैको डाेंडावन भन्ने जंगलमा जाँदा बाघले आक्रमण गर्दा घाइते भएका हुन् ।


बाघको आक्रमणमा परि घाइते थापालाई म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे तथा म्याग्दे २ का वडा सदस्य रमेश अधिकारीले म्याग्दे पाेलिक्लिनिक थर्पुमा उपचारको लागि लगेका थिए । उनको हात , टाउको तथा कानमा चाेट लागेको र अवस्था खतरामुक्त रहेको बताइएको छ ।















































