प्रहरी चौकी बाहुनडाँडाको नव निर्मित भवन उद्घाटन:

प्रहरी चौकी बाहुनडाँडाको नव निर्मित भवन उद्घाटन:


‌‌‌‌‍‍‍‍‍‍‍‍प्रहरी चाैकी बाहुनडाँडा लमजुङको नवनिर्मित भवनको नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पुर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ई.फडिन्द्र बरालले उद्घाटन गरेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीकाे अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरूङ, मर्स्याङदी गाउँपालिकाका उप प्रमुख जुन माया थापा, नेपाली सेनाका प्रमुख सेनानी चित्र बहादुर कार्की, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक मिन बहादुर घले, TST प्रहरी नायब उपरीक्षक ई.ध्रुब अधिकारी लगायतकाे उपस्थिति रहेको थियो ।

३ करोड १० लाख ४९ हजार ६ सय ७८ रूपैया ३२ पैसा लागतमा प्रहरी चौकी बाहुनडाँडा लमजुङको नव निर्मित कार्यालय भवन निर्माण भएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page