धुलोले बजार अस्तव्यस्त भएको भन्दै सफासडकका व्यवसायीले गरे चक्काजाम:
लामो समयदेखि दमाैली बजार धुलोले अस्तव्यस्त भएको छ । जसले गर्दा वातावरण प्रदुषण बढेको , मान्छे बिरामी भएको र जनजीवन नैं प्रभावित बनेको भन्दै सफासडकका व्यवसायीले एकछिन सडक अवरुद्ध गरे । आर्थिक मन्दिले व्यापार व्यवसाय नै चाैपट भएको बेला धुलो र प्रदुषणले झनै पिडा थपिँदा सफासडकका केही व्यवसायी सडकमा निस्केका हुन् ।


सफासडकमा व्यापार गर्दे आएका दिपक बन्जराले बजारमा बस्न सकिएन , धुलो भयो भनेर पटकपटक गुनासो गर्दापनि सम्बन्धित निकायले टेरपुच्छर नलगाएपछि बाध्य भएर सडकमा निस्केको बताए । एकछिन सफासडक बन्द गरेपछि प्रहरी प्रशाषनकाे ध्यान केन्द्रित भएको र ट्याङ्कर बाट पानी हाल्न लगाएको उनलेे बताए । तर एकपटक पानी हालेर बजारको धुलो नियन्त्रणमा नआउने भए पछि व्यासनगरपालिकामा गएको उनले जानकारी दिए।


नगरपालिकामा नगरप्रमुख नभेटेपछि उपप्रमुखलाई आफुहरूकाे समस्या सुनाएको र त्यससम्बन्धमा नगरपालिका गम्भीर रहेको आश्वासन र नियमित पानी हाल्न लगाउने वचन दिएपछि फर्केको उनलेे बताए ।
अहिले पृथ्वीराजमार्ग विस्तारकाे क्रममा रहेको र दमाैली बजारका घर हरू भत्काउन आलटाल भइरहेकोले पनि बजारमा धुलो बढ्दो अवस्थामा छ ।

यता नगरपालिकाले भने पटकपटक भन्दापनि केही स्थानीयले घर भत्काउन नमानेको बताएको छ । भत्काएका केहीले पनि मापदण्ड विपरीत आफुखुसि घर भत्काएको भन्ने बिषय सार्वजनिक भइरहेको छ।








































