आँबुखैरेनीमा चालक नभएको ट्रक एक्कासि गुड्दा–
तनहुँको आँबुखैरेनीमा ट्रक दुर्घटना भएको छ ।मुग्लिङ्गबाट आँबुखैरेनी आउदै गरेको ना ८ ख ७५२८ नम्बरको ट्रकका चालकले ट्राफिक जरिवाना तिर्न ट्रक सडकमा रोकेर ट्राफिक पोष्ट निस्कदा ट्रक आफै व्याक भई विद्युत पोलमा ठोक्किन जाँदा दुर्घटना भएको हाे । दुर्घटनामा कुनै मानवीय क्षति नभएको तर विद्युत पोल र ट्राफिक पोष्टमा क्षति पु¥याएको स्थानीय रामचन्द्र श्रेष्ठले बताए ।


ठक्कर दिने चालक र सवारी साधन इलाका प्रहरी कार्यालय आँबुखैरेनीले आफ्नो नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण विद्युत पोलमा क्षति हुँदा मुग्लिन, कुरिनटार लगाएतका ठाउँहरुमा विद्युत आपुर्ति बन्द भएको थियो ।














































