जामुनेमा आजवाट निशुल्क पतञ्जली याेग शिविर

जामुनेमा आजवाट निशुल्क पतञ्जली याेग शिविर

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं २ स्थित जामुनेमा आजवाट निशुल्क पतञ्जली याेग शिविर सुरू भएको छ ।
जामुने टोल बिकास सस्था,राधा मा बि जामुने , न्यु भिजन युथ क्लब,भिमसेन टोल आमा समुह र न्यु भिजन प्रगतिशिल समाजको संयुक्त आयोजनामा निशुल्क पतञ्जली योग शिविर सुरु भएको हाे ।

राधा मा बि को प्राङ्गणमा बिहान ५ बजेवाट सुरु भएको शिविरको म्याग्दे गाउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए । पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे सहित पहिलो दिनमा ६० जनाकाे उपस्थिति रहेको याेग शिविरकाे प्राविधिक सहयोग पतञ्जली योग समिति तनहुँले गरेको छ|

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page