बाग्लुङ घुम्न गएको शुक्लागण्डकी ११ काे बस हेमजामा दुर्घटना
तनहुँकाे शुक्लागण्डकी नगरपालिका वडा नं ११ बाट बाग्लुङ पञ्चकोट घुम्न गएको बस माथिल्लो हेमजामा दुर्घटनामा परेको छ । वडा नं ११ स्थित अलैँचे भजन समुह सवार बस दुर्घटनामा परेको हाे । दुर्घटनामा बसमा सवार सबै घाइते भएको बताइएको छ । घाइतेलाई अहिले जिएमसी अस्पताल पाेखरामा उपचारको लागि लगिएको स्थानीय गीता महतले बताइन् ।


घाइते सबै खतरा मुक्त रहेको , कसैको बसमा सवार ३६ जना मध्ये १६ जना घाइते भएको बताइएको छ । केही सामान्य चोटपटक लागेको महतले जानकारी दिइन् । ग १ ख ९२९७ नम्बरको दुर्घटनामा परेको बसलाई अहिले क्रेनकाे सहायताबाट उठाउने काम भएको बताइएको छ ।















































