रेडक्रस सोसाइटी गण्डकीको तेस्रो जुनियर तथा युवा रेडक्रस शिविर सम्पन्न

रेडक्रस सोसाइटी गण्डकीको तेस्रो जुनियर तथा युवा रेडक्रस शिविर सम्पन्न

 नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको आयोजना तथा युवा रेडक्रस सर्कल मङ्गला माध्यमिक विद्यालय मध्य नेपालको व्यवस्थापन एवं मध्य नेपाल नगरपालिकाको सहयोगम यही वैशाख १३ गतेबाट सञ्चालन भएको तेस्रो गण्डकी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविर वैशाख १५ गते सम्पन्न भएको छ।

“विश्वव्यापी रूपमा अभिप्रेरित ,स्थानीय रूपमा सशक्तिकृत, जलवायु सम्बन्धी गतिविधिमा जुनियर तथा युवा रेडकस” भन्ने मूल नाराका साथ सञ्चालन भएको उक्त शिविरमा गण्डकी प्रदेशका नौ जिल्लाका ४७ जना जुनियर तथा युवा एवं शिक्षक नायक तथा जिल्ला जुनियर संयोजकहरूको सहभागिता रहेको थियो। वैशाख १५ गते शनिबार सञ्चालन भएको समापन कार्यक्रममा मङ्गला मावि सोती पसल लमजुङ घोषणापत्र जारी गर्दै सम्पन्न भएको कुरा प्रदेशका महासचिव रामदत्त पौडेलले बताए ।

युवा रेडक्रस सर्कल मंगला माध्यमिक विद्यालयका अध्यक्ष श्रेया कडेलको सभापतित्वमा सञ्चालन भएको समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै युवाहरुलाई हरेक क्षेत्रमा नेतृत्वमा ल्याई समसामयिक विषयमा वकालत तथा अनुकूलन गर्दै सकारात्मक सोचका साथ युवाहरूलाई अवसर प्रदान गरेमा समाजलाई सकारात्मक सन्देश दिन सकिने बताएका थिए ।

जलवायु परिवर्तन ,साइबर क्राइम, युवा अनुकूल /वाई एडप्ट, रेडक्रस अभियान, जुनियर तथा युवा रेडक्रस का असल अभ्यास एवं आगामी रणनीति जस्ता विषयमा सञ्चालित उक्त शिविर समापन समारोहमा नेपालका सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल, जुनियर युवा समिति गण्डकी प्रदेशका संयोजक तीर्थराज तिवारी, जुनियर तथा युवा विभागका उपनिर्देशक लीला खनाल, मङ्गला माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौला, अभिभावक शिक्षक सङ्घका अध्यक्ष शमशेर थापा, मङ्गला माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुहरी बास्तोला, जुनियर युवा रेडकस समिति गण्डकी प्रदेशका सदस्य रमेश भण्डारी,सहभागी युवा तथा जुनियर तथा शिक्षक नायक लगायतका वक्ताहरूले शिविरले युवा रेडकसलाई प्रदेश अन्तर्गतका जिल्लाहरूमा अझै सशक्तिकृत गर्न ऊर्जा थपेको भन्दै शिविरमा सिकेका कुराहरुलाई आफ्ना जिल्ला तथा सर्कलहरुमा क्रमश अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

युवा रेडकस समिति गण्डकी प्रदेशका सदस्य सुनिता तिवारीले सञ्चालन गरेको उक्त समापन कार्यक्रममा सहभागीहरूलाई सहभागिताको प्रमाणपत्र एवं आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो। सो शिविरले आगामी वर्ष गरिने चौथो प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविर कास्की जिल्लामा गर्ने निर्णय समेत गरेको छ।

सहभागीहरूलाई आयोजक विद्यालयले लमजुङ जिल्ला अन्तर्गत मध्य नेपाल नगरपालिकाको करपुटार स्थित इसानेश्वर मन्दिर लगायतका ठाउँहरूको अवलोकन समेत गराएको शिक्षक नायक जीवन कट्टेलले बताए । शिविरमा तेस्रो जुनियर युवा रेडकस प्रदेशस्तरीय शिविर सञ्चालन सम्बन्धी धन्यवाद प्रस्तावका साथै विश्वव्यापी रूपमा अभिप्रेरित स्थानीय रूपमा सशक्तिकृत जलवायु सम्बन्धी गतिविधिमा जुनियर तथा युवा भन्ने नाराका साथ जुनियर तथा युवा रेडकसको संगठनात्मक विकासलाई आगामी वर्ष अझै अगाडि बढाउन प्रत्येक जिल्लामा सर्कल लाई सक्रिय बनाई युवाहरुलाई परिचालन गर्ने प्रतिबद्धता जाहेर गरिएको छ। साथै जुनियर युवा रेडकसको अक्षय कोषमा जम्मा हुने गरी प्रति जुनियर / युवा। रु १० संकलन अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने ,जलवायु परिवर्तन, सडक सुरक्षा ,साइबर शिक्षा, आन्तरिक तथा बाह्य बसाइसराइ,वातावरण शिक्षा सम्बन्धी एबम् हालका जल्दाबल्दा समस्याहरुका बारेमा जुनियर तथा युवा एवं शिक्षक नायकहरूलाई अभिमुखीकरण गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

शिविरले” रक्तदान जीवनदान” जीवनदान महादान भन्ने नारालाई युवा तथा जुनियरहरूमा प्रभावकारी बनाउन विभिन्न कार्यहरू सञ्चालन गर्ने , प्रत्येक विद्यालयमा सर्कल गठन गर्ने र समुदायभित्रका युवाहरूमा पनि समुदाय स्तरका युवा सर्कल गठन गर्ने ,प्रदेश तथा जिल्लास्तरीय गोष्ठीको संरचना एवं कार्यतालिकामा समयानुकूल परिवर्तन गर्ने, सोसाइटीको केन्द्र प्रदेश तथा जिल्लाका हरेक गतिविधिहरुमा युवा सहभागितालाई सुनिश्चित गरी  व्यवहारमा उतार्ने एवं उच्चतम प्रविधि ज्ञानको प्रयोग गरी रेडक्रसका जुनियर तथा युवाका गतिविधिहरू सञ्चालन गर्ने र ती सम्पूर्ण गतिविधिहरुलाई प्रचारप्रसार गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ।

गोष्ठीले प्रदेश स्तर तथा जिल्लास्तरका कार्यक्रम एवं स्थानीय तह तथा सर्कल स्तरका कार्यक्रमहरूलाई अझै प्रभावकारी बनाउन केही सुझावहरू समेत प्रदान गरिएको छ।  उक्त शिविर कार्यक्रमको मध्य नेपाल नगरपालिकाका नगरप्रमुख रमेश कुमार पाण्डेले शुक्रबार शुभारम्भ गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page