अधिवेशन भएको ३ हप्ता पछि क्षत्री समाज नेपाल केन्द्रीय समितिकाे टुंगो लाग्यो

अधिवेशन भएको ३ हप्ता पछि क्षत्री समाज नेपाल केन्द्रीय समितिकाे टुंगो लाग्यो

अधिवेशन सम्पन्न भएको ३ हप्ता भन्दा बढी हुँदा बल्ल क्षेत्री समाज नेपालले नयाँ कार्यसमितिकाे टुंगो लगाएको छ । चैत २५ गते तनहुँकाे दमाैलीमा भएको क्षेत्री समाज नेपालकाे केन्द्रीय महाधिवेशनले नयाँ कार्यसमितिमा सहमति जुटाउन नसक्दा कार्यसमिति गठन नगरी अधिवेशन टुंगिएकाे थियो ।

त्यसयता निरन्तर छलफल र संवाद पछि सनिवार दमाैलीमा बसेकाे भेलाले समाजकाे केन्द्रीय अध्यक्षमा रिपबहादुर थापालाई चयन गरेको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा लेखबहादुर कार्की , उपाध्यक्षमा राजेन्द्र बहादुर अधिकारी , महासचिवमा कृष्णबहादुर थापा , महिला उपाध्यक्षमा अमृतादेवी बानियाँ , उपाध्यक्षमा श्याम कार्की र काेशाध्यक्षमा पदम बहादुर कार्कीलाई चयन गरेको क्षत्री समाज नेपाल तनहुँका बरिस्ठ उपाध्यक्ष प्रेमबहादुर रावतले जानकारी दिए ।

समितिमा तनहुँबाट केन्द्रीय सदस्यमा क्याप्टेन भरतबहादुर अधिकारी , चक्रबहादुर अधिकारी र रामबहादुर अधिकारी चयन भएको क्षेत्री समाज नेपाल व्यास नगर सभापति शंकर अधिकारीले बताए ।
नयाँ कार्यसमिति सर्वसम्मत बनाउनकाे लागि निरन्तर छलफल गरि सहमति जुटाउँदा कार्यसमिति गठनमा केही समय लागेको क्षत्री समाजले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page