नेपाली लेखक संघ तनहुँले गर्याे संस्थापक अध्यक्ष वाग्लेलाई सम्मान
नेपाली लेखक संघ तनहुँले द्धितीय राष्ट्रिय लेखक दिवसको अवसरमा तनहुँका संस्थापक अध्यक्ष कमलामोहन वाग्लेलाई सम्मान गरेकाे छ ।
आईतबार विहान विपी स्मृति भवन दमौलीमा एक कार्यक्रम गरी वाग्लेलाई सम्मान गरिएकाे हो ।


संङ्घका अध्यक्ष शंकरराज नहर्कीको अध्यक्षतामा बसेको वैठकले संस्थापक अध्यक्ष व्यास नगरपालिका –४ दमौली निवासी वाग्लेलाई संस्था स्थापना गर्न तथा सम्बद्र्धन गर्न पु¥याउनु भएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गर्ने निर्णय गरेको थियो ।


संघले दिवसको अवसरमा साहित्यिक रचना बाचन समेत गरेकाे थियो । उक्त कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपाने रहेका थिए ।













































