बुधबारदेखि अनशन चाैतारी खुल्ला चाैरमा योग विज्ञान शिविर हुने
बैशाख १९ गते बुधवारबाट दमौली स्थित व्यास-३, अनसन चौतारी खुल्ला मञ्चमा योग विज्ञान शिविर हुने भएको छ । महिला पतञ्जली व्यास नगरकाे आयाेजनामा हुने शिविर बिहान ४:४५ देखि ६:१५ सम्म हुने कार्यक्रम संयाेजक मोक्षदा ढकालले बताइन् । ढकालले सम्पुर्ण व्यास नगरबासीलाई शिविरमा आउन आव्ह्वान गरेकी छन् ।


शिविरमा सहभागि हुनाले सुगर, पिनास, अनिन्द्रा, टाउको दुखाई जस्ता रोगहरुको १५ दिनमा नै सकारात्मक परिणाम प्राप्त हुने भन्दै उनलेे ढाड दुखाई तथा मेरुदण्डको समस्या, नशा सम्बन्धी समस्या, प्रेसर, थाईराइड जस्ता विभिन्न रोग अनुसारको समूह विभाजन गरी योगाशन गराईने हुनाले सकारात्मक परिणाम प्राप्त गर्नकाे लागि सम्बन्धित समस्या भएका व्यक्तिहरूलाई आउन आग्रह गरेकी छन् । साथै शिविरमा दैनिक हवन (देवयज्ञ) हुने समेत ढकालले जानकारी दिइन् ।















































