बुल्दी चुँदी खोला सरसफाइ अभियानलाई थापाको २० हजार सहयोग

बुल्दी चुँदी खोला सरसफाइ अभियानलाई थापाको २० हजार सहयोग


बुल्दी चुँदी खोला सरसफाइ अभियानलाई सफल बनाउन युवा व्यवसायी गाेपाल थापाले २० हजार सहयोग गरेका छन् । खाेला सरसफाइ एवम् सौचालय निर्माण तथा पुनर्निर्माण अभियान सफल पार्न RAFFLES EDUCARE DAMAULI का संचालक थापाले उक्त रकम सहयोग गरेका हुन् ।

स्थानीय युवा महम्मद गफ्फार(सुदिप)ले बैशाख २९ गते बुल्दी खाेला तथा जेठ ५ गते चुँदि खाेला सरसफाइ अभियान एवम् प्रतियोगिता गर्ने र उक्त प्रतियोगितामा प्रथम तथा द्धितिय हुनेलाइ क्रमश १० हजार र ५ हजार पुरस्कार एवम् प्रमाणपत्र उपलब्ध गराउने बताए पछि साेहि कार्यक्रमलाई सफल बनाउन थापाले सहयोग गरेका हुन् । थापा सँगै अन्य व्यक्तिहरूले पनि सहयोग गर्न आएकाे युवा अभियान्ता गफ्फारले बताए ।

चुँदी र बुल्दी खाेला संरक्षणकाे लागि याे अभियान ल्याइएको गफ्फारले बताउँदै आएका छन्। गफ्फारले यस अभियानलाई सहयोग गर्न सबैलाई आव्ह्वान समेत गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page