भण्डारीकाे अनशनमा सहृदयी मञ्च तनहुँकाे ऐक्यबद्धता

भण्डारीकाे अनशनमा सहृदयी मञ्च तनहुँकाे ऐक्यबद्धता
      तनहुँकाे म्याग्दे गाउँपालिका - ७ निवासी पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति  दिपक भण्डारीको काठमाण्डौं स्थित शान्ति वाटिकामा जारी अनसन प्रति सहृदयी मञ्च तनहुँले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ को पूर्ण कार्यान्वयनको माग गरी म्याग्दे गाउँपालिकामा पटकपटक धर्ना लगायत सङ्घर्षका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्म पुगेर आफ्नो माग प्रस्तुत गर्दा समेत सरकारले बेवास्ता गरेको सहृदयी मञ्च तनहुँले जनाएको छ ।
यस्तो अवस्थामा बाध्य भई चैत्र ६ गते देखी काठमाण्डौं स्थित शान्ति वाटिकामा जारी राखेको धर्ना स्थगित गराउने नाममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले २०८१ बैशाख १ गतेदेखी देशभरबाट पहिलो चरणमा प्राथमिकीकरण गरी ११ जना पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई नियमावली २०७७ को नियम ९ को व्यवस्था बमोजिम सामुदायिक सहायता सेवा तथा व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने सहमती गरेपनि कार्यान्वयन नगरेको बताएको छ ।

ति सहमति कार्यान्वयनका लागी नेपाल सरकार गैरजिम्मेवार बनेकाले सो सहमति अक्षरस कार्यान्वयन गराउन दिपक भण्डारीले यहि बैशाख १८ गते देखी शान्ति वाटिकामै सुरुवात गरेको अनसन ‍(अन्न समेत नखाई ) प्रति यस संस्थाको पूर्ण समर्थन र ऐक्यबद्धता रहेको छ ।सहृदयी मञ्च तनहुँकि अध्यक्ष सावित्री सुवेदीले जारी गरेको पत्रमा भनिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐनकानुनका साथै यस अगाडिका सम्पूर्ण सहमतिहरुको अक्षरस कार्यान्वयनको लागि नेपाल सरकारसगं जोडदार माग गर्दै पूर्ण अशक्त अपाङ्गता भएका भण्डारीको जिवनरक्षाका निम्ति यस संस्था हार्दिक अपिल गर्दछ । अध्यक्ष सुवेदीले जारी गरेको प्रतिवद्बता पत्रमा जनाइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page