न्यु जेनेरेशन युथ क्लव म्याग्देकाे अध्यक्षमा रानाभाट
न्यु जेनेरेशन युथ क्लव म्याग्दे २ काे अध्यक्षमा संगम रानाभाट चयन भएका छन् । क्लबकाे सनिवार सम्पन्न भेलाले रानाभाटकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे ।


यस्तै समितिकाे उपाध्यक्षमा निर्मल श्रेष्ठ , सचिवमा विवेक रानाभाट र काेशाध्यक्षमा नवीन श्रेष्ठ चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा कपिल श्रेष्ठ , किस्मत श्रेष्ठ , अविनाश रानाभाट , अमित रानाभाट र अनिश रानाभाट रहेका छन् ।
त्यस अगाडि क्लवका संयाेजक संगम रानाभाटकाे अध्यक्षतामा कार्यक्रम भएको थियोे । बैठकले न्यु जेनेरेशन युथ क्लवकाे नाम संशाेधन गरि जेनेरेशन युथ क्लव राख्ने निर्णय गरेको नवनिर्वाचित काेशाध्यक्ष नवीन श्रेष्ठले बताए । यस्तै बैठकले बिधान संशोधन गर्ने समेत निर्णय गरेको छ ।





























