कन्काइ ग्लोबल एकेडेमीका बिद्यार्थीलाई चुनावी अभ्यास !
कन्काइ ग्लाेवल एकेडेमी व्यास ४ दमाैलीले आफ्ना बिद्यार्थीलाइ चुनावी अभ्यास गराएको छ । विद्यार्थीलाई आफैँ जिम्मेवार निर्णय लिन सक्षम बनाउने उद्धेश्यले विद्यालयले चुनावी अभ्यास गराएको बिद्यालयका प्रवन्ध निर्देशक मिलन गाेदारले बताए ।


जिल्ला निर्वाचन कार्यालय तनहुँको प्राविधिक सहयोगमा विद्यालयले शैक्षिकसत्र २०८१ को स्कुल छात्रछात्रा प्रमुख तथा सदन प्रमुख, उपप्रमुखकाे निर्वाचन सम्पन्न गरेको निर्देशक गाेदारले जानकारी दिए । निर्वाचनमा पूर्ण प्रजातान्त्रिक अभ्यास मार्फत कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरू तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो । विद्यालय उमेर र तहदेखि नै विद्यार्थीहरूलाई निर्वाचन, मतदान तथा मतदान प्रक्रिया र यसको महत्त्वको बारेमा व्यवहारिक ज्ञान दिने उद्देश्यले विगत दुई वर्षदेखि प्रजातान्त्रिक अभ्यासका माध्यमबाट “विद्यालय एवम् सदन प्रमुख तथा उपप्रमुख” छान्ने अभ्यास गर्दै आएका छाैं , गाेदारले भने।


नियमानुसार गरिएको निर्वाचनमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो भने शिक्षकहरूको सहयोगी भूमिका प्रशंसनीय रहेको थियो । मतदानको अन्तिम नतिजा भने आउदो मंगलबारसम्म प्रकाशन गरिने बिद्यालयले जनाएको छ ।
निर्वाचन कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने जिल्ला निर्वाचन कार्यालय तनहुँ, विद्यालयका फुटबल प्रशिक्षक सुशान्त थापा लगायत सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूलाई बिद्यालयले धन्यवाद ज्ञापन गरेकाे छ ।



























