नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ वडा वडामा गठन
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ व्यास नगर समितिले वडा स्तरमा समिति गठन सुरु गरेको छ । नेपाली कांग्रेसको भातृसंगठन यस महासंले वडा नम्बर ११ बाट वडास्तरीय समिति गठन गरेको हो ।


बेलटारीमा गरिएको भेलाले बलबहादुर घर्तिको सभापतिमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो । नव गठित समितिको उपसभापतिमाद्धय भरत श्रेष्ठ, मिश्रीमाया घर्ति, सचिवमा ऋषीश्वर राना र गंगाबहादुर घर्ति चयन हुनु भएको छ । सहसचिवमा श्रीराम आले र हिराबहादुर दुरा चयन हुनु भएको छ । कोषाध्यक्षमा विष्णुमाया दुरा हुनुहुन्छ ।


सदस्यहरुमा अक्कलबहादुर घर्ति, मिनबहादुर गुरुङ, दिलबहादुर दरै, धनबहादुर दरै, रामजी घर्ति, मन्दिरा गुरुङ, मिरा गुरुङ, सरला मगर, चिजामाया गुरुङ, मनु दरै, विरबहादुर घर्ति, मेघनाथ दरै, रतन चेपाङ, सन्तबहादुर तामाङ चयन हुनु भएको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा वडाध्यक्ष दलबहादुर दुरा रहुन भएको थियो । नेपाल लोकतन्त्रवादी आदिवासी जनजनजाति महासंघ व्यास नगर समिति व्यास नगर सभापति विष्णुप्रसाद श्रेष्ठ हरिओम अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण तदर्थ समितिका जिल्ला सचिव बिरबहादुर दरैले गर्नुभएको थियो । कार्यक्रममा समितिका उपाध्यक्ष गोपाल घर्तिले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा समितिका व्यास नगर समितिका सदस्यहरु खिलबहादुर घर्ति, नेपाली कांग्रेस व्यास नगरपालिका वडा नम्बर ११ सभापति क्या देवबहादुर थापा, वडा सदस्य कमला बिक, नव निर्वाचित समितका सभापति बलबहादुर घर्तिका लगायतले बोल्नु भएको थियो ।

























