गजाैंडे स्वास्थ्य चाैकिलाइ एम्बुलेन्स हस्तान्तरण

गजाैंडे स्वास्थ्य चाैकिलाइ एम्बुलेन्स हस्तान्तरण

ब्यास नगरपालिका वडा नं ९ अन्तर्गतका भारतीय र नेपाली भु.पू.सैनिक समाजले भारतीय दुताबाससँग समन्वय गरि ल्याएकाे एम्बुलेन्स आज कात्तिके चाैर स्वास्थ्य चाैकि गजाैंडेलाइ हस्तान्तरण गरिएको छ ।

वडा भित्रका नागरिकलाई स्वास्थ्य क्षेत्रमा सहजता र सुबिधा प्रदान गर्ने हेतुले ल्याएको एम्बुलेन्स ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेको प्रमुख आतिथ्यतामा एक समारोहका बिच कात्तिकेचाैर स्वास्थ्य चौकी लाई हस्तान्तरण गरिएको हाे । यससँगै ब्यास-९ मा ३ वटा एम्बुलेन्स भएका छन भने राजापानी कलेस्ती दिगो समाज द्दारा हस्तान्तरण गरिएको एम्बुलेन्सले ब्यास-९ लाई नै केन्द्र बनाएर संचालन हुँदै आईरहेको छ। यस्तै स्याकुन्थोक एम्बुलेन्स आवश्यक परेमा मात्रै ब्यास-९ मा उपलब्ध हुँदै आएको छ। कार्यक्रममा व्यास ९ का अध्यक्ष सुरेश थापा , सुवेदार सुर्य बहादुर थापा , क्याप्टेन तारा मल्ल लगायतले बाेलेका थिए।

ब्यास-९ ले गर्भवती महिलाको हकमा निशुल्क एम्बुलेन्स सेवा दिदै आईरहेको छ भने ब्यास नगरपालिकाले ६८ बर्ष माथीका जेष्ठ नागरिक र गर्भवती महिलालाई निशुल्क सेवा दिदै आईरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page