लायन्स व्यास सिटी द्वारा गणेश माविमा शैक्षिक सामाग्री सहयोग
लायन्स क्लव अफ तनहुँ व्यास सिटीले म्याग्दे गाउँपालिका वडा नं ४ मा रहेको गणेश माविमा ४० हजार मुल्य बराबरकाे शैक्षिक सामाग्री सहयोग गरेको छ ।


बिद्यार्थीहरूकाे पठनपाठनमा सहज हाेस् भनेर राजमार्ग भन्दा केही भित्र रहेको बिद्यालयमा पुगी शैक्षिक सामाग्री वितरण गरिएको लायन्स व्यास सिटीका अध्यक्ष सुकनारायण मल्लले बताए । शैक्षिक सामाग्री कापीकलम , जुत्ता , छाता लगायतका सामाग्री पाउँदा बिद्यार्थीहरू खुसी भएका थिए ।


म्याग्दे गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएको उक्त सहयोग कार्यक्रममा म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य शिला घिमिरे ,लायन्स क्लब अफ तनहुँ ब्यास सिटिका पुर्ब अध्यक्ष बिस्णु कुमार मल्ल , द्धितिय अध्यक्ष प्रकाश चन्द्र हडखले सचिब बिरु बस्याल लगायतकाे उपस्थिति रहेको थियो । लायन्स व्यास सिटीका अध्यक्ष सुकनारायण मल्लकाे सक्रियतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रमकाे अध्यक्षता पनि मल्लले गरेका थिए ।



























