म्याग्दे दमाैली समाजको अधिवेशन सनिवार दमाैलीमा हुने
म्याग्दे दमाैली समाजको तेस्रो अधिवेशन यही बैशाख २९ गते सनिवार हुने भएको छ । म्याग्दे दमाैली समाजका अध्यक्ष मनिराज थापाको अध्यक्षतामा हालै बसेकाे बैठकले जिल्ला समन्वयको हल दमाैलीमा अधिवेशन गर्ने निर्णय गरेको हाे ।


अधिवेशनकाे जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको समाजका निवर्तमान अध्यक्ष भाग्यशाली ढुंगानाले बताए ।


म्याग्दे बाट ब्यास नगरपालिका दमौलीमा उद्योग , ब्यवसाय , राेजगारी लगायतका सिलसिलामा बसोबास गर्दै आएका सम्पुर्ण आजीवन तथा साधारण सदस्य हरू लाई साधारणसभा एवम् अधिवेशनमा उपस्थित हुन समाजका अध्यक्ष मनिराज थापाले आग्रह गरेका छन् । समाजले स्थापनाकालदेखि आफ्ना सदस्य हरूमा कुनै दुख , पिडा ,समस्या हरू भएमा सहयोग गर्दै आइरहेकाे छ ।



























