रूम टु रिड /बालिका शिक्षा कार्यक्रमकाे समिक्षा तथा याेजना बैठक सम्पन्न

रूम टु रिड /बालिका शिक्षा कार्यक्रमकाे समिक्षा तथा याेजना बैठक सम्पन्न

रूम टु रीडकाे आर्थिक तथा प्राविधिक सहयोगमा पढ्नकाे लागि काेठा द्वारा तनहुँमा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तर्गतका बिद्यालयका प्रधानाध्यापक र फाेकल शिक्षक बिच समिक्षा तथा याेजना बैठक सम्पन्न भएको छ । सुक्रवार दमाैलीमा सम्पन्न बैठकमा व्यास नगरपालिका , भानु नगरपालिका , म्याग्दे गाउँपालिका , बन्दीपुर गाउँपालिका र ऋषिङ गाउँपालिकाका १४ वटा बिद्यालयका प्रधानाध्यापक र फाेकल शिक्षक हरूकाे सहभागीता रहेको थियो ।

समिक्षात्मक बैठकमा रूम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पाेख्रेलले बालिका शिक्षा कार्यक्रम बाट केकस्ता उपलब्धि हासिल गर्न सक्यौं , चुनाैति के कस्ता भाेग्याैं , यी सबै कुरालाई हेरेर आगामि शैक्षिक सत्रकाे लागि कस्तो कार्यक्रम लिएर जाँदा कार्यक्रम प्रभावकारी हुन्छ भन्ने बारेमा समिक्षात्मक बैठक गरिएको बताए । गएको वर्ष कति गर्न सक्यौं र आउने वर्षको लागि के कार्यक्रम लिएर जाँदा थप उपलब्धि हासिल गर्न सक्छौं भन्ने उद्धेश्यका साथ सराेकारवाला हरू बिच छलफल गरिएको पाेख्रेलले जानकारी दिए ।

कार्यक्रममा व्यास नगरपालिकाका उपसचिव केदार राज आचार्यले बालिका शिक्षा कार्यक्रमकाे आवस्यकता र महत्त्व सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी भएको बताए । दुर्गम क्षेत्रकाे सामाजिक अवस्था अत्यन्तै अफ्ट्यारो रहेको भन्दै आचार्यले बिद्यार्थी बिद्यालय जानै गार्‍हो रहेको , गइसकेका हरूका लागि पनि असहजता हुने गरेको र बालिकाहरूकाे लागि झनै समस्या भएको अवस्थामा बालिका शिक्षा कार्यक्रम अति आवस्यक रहेको बताए । बालिका शिक्षा कार्यक्रमलाई अझै बृहत् तरिकाले लान सके यसको व्यापकता अझै हुने उनकाे भनाइ थियो ।

साे अवसरमा रूम टुरिड बालिका शिक्षा कार्यक्रम अधिकृत नित्यानन्द पाण्डेले बालिकालाई जीवन उपयोगी सीप प्रदान गर्दै , व्यक्तित्व विकासमा सहयोग पुर्याउने बालिका शिक्षा कार्यक्रमकाे उद्धेश्य रहेको बताए । वर्षभरि गरेका कामका सन्दर्भ र बिद्यालयमा बालिकाहरूलाइ यसले पारेको प्रभावका बारेमा उक्त अवसरमा छलफल भएको थियो । बालिका शिक्षा कार्यक्रमले जिवनमा आउने स-साना समस्याको हल हुदै जाने , बालिकाहरू निर्धक्कताका साथ बाेल्न सक्ने , समस्या समाधानको उपयुक्त विकल्प छनाेट गर्ने लगायतका क्षमता वृद्धि भएको उक्त अवसरमा बताइएको थियो । बालिका शिक्षा प्रवर्द्धनात्मक कार्यक्रमहरू कक्षा ६ देखि कक्षा १२ सम्मका बालिकाहरूलाइ दिँदै आएकाे रूमटुरिडले जनाएको छ ।

बालिका शिक्षा कार्यक्रमले बिद्यार्थीहरूकाे उत्साह , आँट र साहस बढाउनमा मद्दत गरेकाे भन्दै सहभागीहरूले बिद्यार्थीहरूमा फरकपना सँगै आत्मबल बढाउने खालको शिक्षा भएकोले यसलाई प्राेत्साहन गर्न र कार्यक्रमलाई निरन्तरता दिन लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रमकाे उद्धेश्य नैं शिक्षा आर्जन सँगै आफै सक्षम बनाउने मात्रै हाेइन पढेपछि कुन पेशा अपनाउने भन्ने बारेमा समेत भएकोले याे आफैमा महत्त्वपूर्ण भएको भन्दै सराेकारवाला हरूले यसले लगनशीलता र मेहेनतले जीवनमा महत्त्वपूर्ण उपलब्धि गर्ने कुरा सिकाएको बताएका थिए ।

यस्तै सहभागीहरूले बालिका शिक्षा कार्यक्रम सबै बालिकामा नपुगेको हुनाले अवका दिनमा सबै बालिकामा पुग्नुपर्ने भन्दै सबै बालिकालाई यसले अवसर दिनुपर्ने बताएका थिए ।

तनहुँकाे भिमाद , शुक्लागण्डकि ,ब्यास , भानु ,बन्दीपुर , ऋषिङ र म्याग्देमा बालिका शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।

रूम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पाेख्रेलकाे अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिकाका शिक्षा अधिकृत नवीन पराजुलीले शुभकामना तथा बरिस्ठ कार्यक्रम सहायक मञ्जु लाेहनिले कार्यक्रमकाे सञ्चालन एवम् सहजीकरण गरेकि थिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page