म्याग्दे दमाैली समाजको अध्यक्षमा ढुंगाना
म्याग्दे दमाैली समाजको अध्यक्षमा भाग्यशाली ढुंगाना सर्वसम्मत चयन भएका छन् । समाजको सनिवार सम्पन्न अधिवेशनले ढुंगानाकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हाे । समितिकाे उपाध्यक्षमा क्याप्टेन तारालाल मल्ल , महासचिवमा बिकास खनाल , काेशाध्यक्षमा राधा न्याैपाने वाग्ले लाई चयन गरेको छ । यस्तै समितिकाे सदस्यहरूमा सुकराम रहपाल , अस्मिता घिमिरे वाग्ले , सीता घिमिरे वाग्ले , कृष्णराज पाैडेल , शेरकुमार कायस्थ , गिरि राम थापा र श्रीकुमारी श्रेष्ठ चयन भएका छन् ।


१३ सदस्य कार्यसमिति अन्तर्गत सचिव र एक सदस्य पदमा अध्यक्षले पछि मनाेनित गर्ने विधानमा व्यवस्था रहेको निर्वाचन संयाेजक केशवराज पाैडेलले बताए । अधिवेशनमा पाैडेलकाे संयाेजकत्वमा पदम कुमार श्रेष्ठ र कमला देवी थापा निर्वाचन समितिमा रहेका थिए ।


त्यस अगाडि कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले कार्यक्रमकाे उद्घाटन गर्दै समाज गठनले आत्मियता र भाइचाराकाे सम्बन्ध प्रगाढ बनाउने बताएका थिए ।

म्याग्दे दमाैली समाजका अध्यक्ष मनीराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार रामबहादुर अधिकारी , क्याप्टेन सुर्जकुमार मल्ल , भाग्यशाली ढुंगाना , मनाेज अधिकारी , मीनबहादुर चदाराे , बलराम वाग्ले , रमा वाग्ले ,क्याप्टेन तारा लाल मल्ल , बिकास खनाल लगायतका वक्ताहरूले बाेलेका थिए ।


























