एमालेकाे प्रारम्भिक मतपरिणाममा कंडेल प्यानल अगाडि
नेकपा एमाले तनहुँकाे प्रारम्भिक मतपरिणाममा कंडेल नेतृत्वको प्यानल नै अगाडि देखिएको छ ।


एमाले तनहुँको १० औ अधिवेशनमा निवर्तमान उपाध्यक्ष हरिराज कडेल र पुर्व प्रदेश सदस्य विष्णुभक्त सिग्देल सहितको प्यानल बीचनैं प्रतिस्पर्धा रहेको छ । मतदानमा ५६० मत खसेको थियो ।


जसअनुसार अध्यक्षमा हरिराज कंडेल २८ ,विष्णुभक्त सिग्देल १८ ,उपाध्यक्षमा राजेश्वर ढकाल २५ ,श्रीराम कार्की १८ , सचिवमा प्रदीपराज अधिकारी २५ ,अनिल पाण्डे १८ ,उपसचिवमा खिम कुमाल २३ ,आरके पोख्रेल १९ र उपसचिव (महिला) सुनिता नेपाली २७ र बसुन्धरा घर्ती १७ रहेको छ । एमाले पार्टी कार्यालय दमाैलीमा मतगणना भइरहेको छ ।।



























