रूमटुरीड / बालिका शिक्षा कार्यक्रमकाे शिक्षक निर्देशित माेडल,सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न

रूमटुरीड / बालिका शिक्षा कार्यक्रमकाे शिक्षक निर्देशित माेडल,सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न

रूम टु रीडकाे आर्थिक तथा प्राविधिक सहयोगमा पढ्नकाे लागि काेठा द्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत साेमबार ऋषिङ गाउँपालिका वडा नं १ मा रहेको शुक्ला माध्यमिक बिद्यालयमा शिक्षक सँग सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।तनहुँकाे व्यास नगरपालिका , म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका शिक्षक निर्देशित माेडल सञ्चालित ५ वटा बिद्यालयका फाेकल शिक्षक सँग उक्त सिकाइ आदानप्रदान कार्यक्रम भएको थियो ।

शिक्षक निर्देशित माेडल , जीवन उपयोगी सीप तालिम अन्तर्गत आफुमा भएका सकारात्मक गुणहरूकाे पहिचान तथा अभिव्यक्त गर्न र साथीहरूकाे प्रशंसा गर्ने अभ्यास एवं यसको महत्त्वकाे बारेमा कार्यक्रमकाे अवसरमा प्रकाश पारिएको थियो ।

कार्यक्रममा ऋषिङ गाउँपालिका शिक्षा शाखाका प्रमुख सुवासचन्द्र रानाभाटले कक्षामा जाँदा बिद्यार्थीकाे साथी बनेर लिने कक्षा अत्यन्तै प्रभावकारी हुने र त्यो रूमटुरिड / बालिका शिक्षा कार्यक्रममा पाएको बताए । बच्चाले के सिके , कति जाने र नम्बर कति ल्याए ले मात्रै अहिले नहुने भन्दै रानाभाटले सामाजिक क्षेत्रमा जीवनाेपयाेगी शिक्षामा स्कुलकाे बाताबरणले कत्तिको सपाेट गरेको छ भन्ने मुख्य कुरा रहेको बताए ।

बालिका शिक्षाले बालबालिकालाई आत्मनिर्भर बनाउन र सहि समयमा सहि निर्णय गर्न सहयोग पुर्‍याउने काम गरेको रानाभाटकाे भनाइ थियो । शिक्षा शाखा प्रमुख रानाभाटले गाउँपालिका रूमटुरीड सँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको समेत बताएका थिए ।

रूमटुरीड कार्यक्रम अधिकृत नित्यानन्द पाण्डेले कार्यक्रमले बिद्यार्थीहरूकाे उत्साह , आट र साहस बढाउनमा मद्दत गरेकाे पाएको भन्दै बिद्यार्थीहरूमा फरकपना सँगै आत्मबल बढाउन समेत यसले मद्धत गरेको बताए ।
बिद्यालयका प्र अ केशरबहादुर थापाले कार्यक्रमकाे लागि शुक्ला मावि नैँ छनाेट गरेकोमा धन्यवाद दिँदै याेजना निरन्तरताको लागि अनुरोध गरेका थिए । प्रअ थापाले कार्यक्रम निरन्तरताको लागि बिद्यालयले श्राेत साधनले भ्याए सम्मको सपाेर्ट गर्न तयार रहेको समेत बताए ।

बिद्यालयमा बालिका शिक्षा कार्यक्रम सञ्चालन भएको शुक्ला मा बि का कक्षा ७ मा अध्यनरत छात्राहरूले जीवन उपयोगी शिक्षाले आफुहरूकाे आत्मबल बढेको बताए । पहिले हामी अगाडि उभिएर बाेल्न पनि अफ्ट्यारो लाग्थ्यो तर अहिले धेरै मानिसको अगाडि निर्धक्क सँग बाेल्न सक्ने भएका छाैं कक्षा ७ मा अध्यनरत रेजिना विकले भनिन् । विकले जीवन उपयोगि शिक्षाले पढ्ने सीप तथा पढ्ने बानिका लागि धेरै प्रभावकारी बनाएको बताइन् । विक ले जस्तै अर्कि छात्रा धनकुमारि थापाले पनि यस शिक्षाले भविस्यमा के गर्ने भन्ने समेत सिकाएको बताइन् । बिद्यार्थीहरू काजल थापा , राेजिना आले लगायत अधिकांशले अन्य सबै भएको कक्षा काेठामा लिने शिक्षा भन्दा याे शिक्षा प्रभावकारी भएको बताएका थिए ।

शिक्षक निर्देशित माेडल अन्तर्गत जीवन उपयोगी सीप तालिममा शुक्ला माविका सहायक प्रअ एवम् शिक्षक सहजकर्ता सुनिता बुढाथोकी र मञ्जु न्याैपानेले कक्षा ७ का १८ जना बालिकाहरूलाई ” मुटु देखि मुटु “भन्ने बिषयमा जीवन उपयोगी सीप सत्र संचालन गरेका थिए ।
जिवनाेपयाेगी सीप सत्रहरू आदानप्रदानका क्रममा सहभागिहरूले बिद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको बताएका थिए ।

कार्यक्रमले छात्राहरूलाई जीवन उपयोगी सीप शिक्षा दिलाउँदै आफ्ना अधिकारका बारेमा , आदर्श ब्यक्ति बन्ने बारेमा , अरूकेा बिश्वास जित्ने बारेमा अध्यनकाे लागि समय तालिका बनाउने बारेमा शिक्षा दिएकाे सहभागीहरूले बताएका थिए ।

शुक्ला माध्यमिक बिद्यालय व्यवस्थापन समिति अध्यक्ष आशा नेपालीकाे अध्यक्षतामा भएको कार्यक्रममा ऋषिङ गाउँपालिका कार्यपालिका सदस्य सविना राना ,शिक्षक अभिभावक संघकि अध्यक्ष मेनुका थापा , रूम टु रीडका कार्यक्रम सहायक मिना मझाकाेटि लगायतले बाेलेका थिए । उक्त अवसरमा बरिस्ठ कार्यक्रम सहायक मञ्जु लाेहनी तथा सामाजिक परिचालक कला बिमलीले कार्यक्रम सञ्चालन एवम् सहजीकरण गरेका थिए ।

तनहुँकाे भानु नगरपालिका , ब्यास नगरपालिका , म्याग्दे गाउँपालिका , बन्दिपुर गाउँपालिका , ऋषिङ गाउँपालिका , शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन हुँदै आएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page