आधा दर्जन नेताको साथ पाएका कंडेल प्यानललाई सिग्देल प्यानलकाे कडा चुनाैति

आधा दर्जन नेताको साथ पाएका नेकपा एमाले तनहुँकाे अध्यक्षका उम्मेदवार हरिराज कंडेल प्यानल लाई अर्का उम्मेदवार विष्णुभक्त सिग्देल प्यानलले कडा चुनाैति दिएको छ ।
आइतबार साँझदेखि सुरु भएर साेमबार दिउँसो सम्म चलिरहेको मतगणना परिणाममा त्यस्तो देखिएको हाे । संस्थापन पक्ष ,,त्यसमा पनि जिल्ला , प्रदेश र केन्द्र सम्मका थुप्रै नेताको समर्थन र आशिर्वाद हेर्दा एमाले कार्यकर्ता तथा अन्य जनमानसले कंडेल प्यानलले अत्याधिक मत ल्याएर जित्ने अनुमान गरेका थिए । आम सर्वसाधारणको अनुमानलाई नैं आश्चर्यचकीत पार्ने गरि सिग्देल पक्षले कंडेल पक्षलाई कडा चुनाैति दिइरहेका छन् ।

५८७ मत मध्ये ५६० मत खसेको निर्वाचनमा याे समाचार तयार पार्दा सम्म ३३१ मत गणना भएको छ । जसअनुसार हरिराज कंडेल १९० तथा बिष्णु भक्त सिग्देललाइ १३५ मत रहेको छ । यस्तै उपाध्यक्षमा राजेश्वर ढकाललाई १८२ र श्रीराम कार्कीलाई १४२ , सचिवमा प्रदिप अधिकारीलाई १८२ र अनिल पाण्डेलाई १४० , उपसचिव खीमबहादुर कुमाललाइ १९७ र आरके पाेख्रेललाइ ११८ तथा उपसचिव महिलामा सुनिता नेपालीलाई १८३ र बसुन्धरा घर्तीलाई १३२ मत रहेको छ । मतगणना अहिले जारी रहेको छ ।

अध्यक्षका उम्मेदवार कंडेललाई खगराज अधिकारी , किरण गुरुङ्ग, केदार सिग्देल, टुकराज सिग्देल , भगवती न्यौपाने , श्रीप्रसाद श्रेष्ठ लगायतका नेताहरुको साथ रहेको बताइएको छ भने अर्का प्रत्यासी विष्णुभक्त सिग्देललाई पृथ्वीसुव्वा गुरुङ्गको साथ रहेकाे बताइएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page