व्यासमा पुन मतगणना गर्ने उच्च अदालतकाे फैसला
तनहुँकाे व्यास नगरपालिकामा पुन मतगणना गर्ने उच्च अदालतले फैसला गरेको छ । मंगलबार साँझ भएको फैसला अनुसार निवेदककाे माग दावी बमोजिम आदेश जारी भएको बरिस्ठ अधिवक्ता परशुराम गिरीले बताए ।
२०७९ बैशाख ३० र जेठ ४ गते भएको स्थानीय निर्वाचनमा २५२ मतको फरकमा बैकुण्ठ न्याैपानेले व्यास नगर प्रमुखमा चुनाव जितेका थिए ।






























