एमाले तनहुँकाे अध्यक्षमा कंडेल विजयी

एमाले तनहुँकाे अध्यक्षमा कंडेल विजयी

नेकपा (एमाले) तनहुँको अध्यक्षमा हरिराज कंडेल विजयी भएका छन् । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा कंडेल २ सय ९२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २ सय ४ मत प्राप्त गरेका थिए । अध्यक्षमा निर्वाचित कंडेलकाे प्यानल नैं पदाधिकारीमा विजयी भएको छ ।

यस्तै उपाध्यक्षमा राजेश्वर ढकाल दुई सय ७९ मत प्राप्त गरि विजयी भएका छन् भने प्रतिस्पर्धी श्रीराम कार्कीले दुई सय १४ मत प्राप्त गरेका छन् ।
सचिवमा दुई सय ८० मत प्राप्त गरी प्रदीपराज अधिकारी विजयी भएका छन् भने प्रतिस्पर्धी अनिल पाण्डेले दुई सय ११ मत प्राप्त गरेका छन् । यस्तै उपसचिव खुल्लामा खिमबहादुर कुमाल दुई सय ९६ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी आरके पोख्रेलले एक सय ८४ मत प्राप्त गरेका छन् ।

उपसचिव महिलामा सुनिता नेपाली दुई सय ८३ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी बसुन्धरा घर्तीले एक सय ९७ मत प्राप्त गरिन् ।

५ सय ८७ मतदातामध्ये निर्वाचनमा पाँच सय ६० मत खसेको थियो । अधिवेशनले कूल ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ ।
एमालेकाे जिल्लामा प्रतिनिधित्व गर्ने क्षेत्रहरुमा खुल्ला सदस्य तर्फ ११ जना पुरुष, ११ जना महिला निर्वाचित भएका छन् भने ४० वर्ष उमेर समुहका युवाको १० जनाको प्रतिनिधित्व रहनेछ । यसैगरि ४० वर्ष मुनिको ५ जनाको महिलाको सहभागिता हुनेछ ।
यसैगरि दलित पुरुष तर्फ ३ र १ जना महिलाको अनिवार्य जिल्लामा प्रतिनिधित्व हुनेछ । मुश्लिम समुदायवाट २ जना, अल्पसंख्यकमा १ जना, अपाङ्गमा १ जना, नगरपालिकामा ४ पुरुष र २ महिला, गाँउपालिका तर्फ २ पुरुष र १ महिलाको प्रतिनिधित्व रहनेछ । मजदुर तर्फ २ पुरुष र १ महिला रहनेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page