दमाैलीमा रहेको सगरमाथा सहकारी , बचतकर्ताकाे पैसा लिएर सम्पर्क बिहिन

दमाैलीमा रहेको सगरमाथा सहकारी , बचतकर्ताकाे पैसा लिएर सम्पर्क बिहिन


तनहुँकाे व्यास नगरपालिका वडा नं ३ मा कार्यालय रहेको एक सहकारी सम्पर्क बिहिन भएको छ ।हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बचत कर्ताहरूकाे रकम लिएर सम्पर्क बिहिन भएको हाे । सहकारीले दुई महिनाको घर भाडा पनि नदिएर अफिसमा साँचो लगाएर गएकाे घर बेटि प्राडा कृष्णप्रसाद गाैतमले बताए । अहिले कर्मचारीले दिएको नम्बरमा पनि फाेन नलाग्ने र मान्छे पनि सम्पर्कमा नभएको उनलेे बताए । सधैं साँचो लाग्ने , मान्छे नआउने भए पछि साँचो खाेलेर घर खाली गराइ पाउँ भनेर जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदन समेत दिएको गाैतमले जानकारी दिए ।

यता सहकारीमा रकम बचत गर्दै आएका अभिनन्दन नाैनियारले सहकारीमा १२ हजार रकम बचत रहेको बताए । पैसा उठाउने मार्केटर पनि आउन छाेडेकाे र बचत फिर्ता लिन जाँदा एक महिना भन्दा अगाडिदेखि सहकारीको कार्यालय पनि बन्द भएकोले पैसा पाउन नसकेको उनलेे बताए ।अहिले उक्त सहकारीमा खाता खाेल्ने थुप्रै बचत कर्ताहरू चिन्तामा परेका छन्। उक्त सहकारीको केन्द्रीय कार्यालय कुपण्डाेल मा रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page