एमालेमा १ भाेटले चुनाव जित्ने भाग्यमानीहरू
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको १० औ अधिवेशन अन्तर्गत मङ्गलबार राति अन्तिम मतपरिणाम आइसकेकाे छ । जसअनुसार हरिराज कंडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएकाे छ । निर्वाचनमा विभिन्न पदमा ९९ जना निर्वाचित भएका छन् ।


निर्वाचित ९९ जना मध्ये केही उम्मेदवार हरू भाग्यमानी देखिएका छन् । भाग्यमानी यश मानेमाकि उनिहरू जम्मा एक मत फरकमा निर्वाचित भएका छन् । एक मतले निर्वाचित हुने भाग्यमानीहरूमा सरू कुमाल , ईश्वर विष्ट र बिरू वस्याल रहेका छन् । यता उनिहरू निर्वाचित भइरहँदा प्रकाश चन्द्र भट्टराई , मदन तिमिल्सिना र घनश्याम लम्साल भने अभागी देखिएका छन् । यस्तै निर्वाचनमा दुई भाेटले जित्नेमा ऋषि भुसाल र ईश्वर कुमार श्रेष्ठ रहेका छन् ।





























