पार्वती आ.वि का बिद्यार्थी लाई लायन्स व्यास सिटीकाे शैक्षिक सामाग्री सहयोग

पार्वती आ.वि का बिद्यार्थी लाई लायन्स व्यास सिटीकाे शैक्षिक सामाग्री सहयोग


लायन्स क्लव अफ तनहुँ व्यास सिटीले पार्वती आ. बि. का बिद्यार्थी हरूलाइ शैक्षिक सामाग्री सहयोग गरेको छ । म्याग्दे गाउँपालिका वडा नं ४ मा रहेको उक्त बिद्यालयलाई लायन्स व्यास सिटीका अध्यक्ष सुकनारायण मल्लले शैक्षिक सामाग्री सहयोग गरेका हुन् । अध्यक्ष मल्लले ३० हजार मुल्य बराबरको सामाग्री बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार मल्ल तथा प्रअ सागर आचार्य लाई हस्तान्तरण गरेका हुन् । पार्वती आ .बि का बिद्यार्थीहरूलाई हरेक वर्ष झैँ यस बर्ष पनि शैक्षिक सामाग्री सहयोग गरेको अध्यक्ष मल्लले बताए ।

बिद्यालयमा आएर शैक्षिक सामाग्री सहयोग गरेकाेमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार मल्ल तथा प्रअ आचार्यले अध्यक्ष मल्ललाई धन्यवाद दिएका छन् ।
बिद्यार्थीहरूले छाता , कापी कलम , ड्रेस लुगा , माेजा सहितका सामाग्री पाउँदा खुसी भएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य बद्रीका घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page