जुवा खेलेका दुई प्रहरी निलम्बनमा

जुवा खेलेका दुई प्रहरी निलम्बनमा

दमाैलीमा जुवा खेलेको अवस्थामा पक्राउ परेका मध्ये दुई बहालवला प्रहरी निलम्वनमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षक असई बल राम गुरुङ र हवल्दार डिल बहादुर आले निलम्वनमा परेका हुन् ।

मुद्धा नटुङ्गिनजेल सम्म उनीहरु निलम्वनमा परेको तनहुँका डिएसपी दीपक कुमार रायले जानकारी दिए । बैशाख ३० गते पक्राउ परेका उनीहरु सहित सातै जना बिहीबार जनही १२ हजारका दरले धरौटी बुझाएर छुटेका छन्। 
 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page