पाँच महिनाकाे छाेरा मार्ने आमा पक्राउ
आफ्नै बच्चाको हत्या गर्ने एक महिला पक्राउ परेकि छन् । पर्साकाे वीरगंज म.न.पा.-१७ अलौ बस्ने आरती कुमारीले घरमा कोही नभएको बेला आफ्नै ५ महिनाको छोरालाई घाटी थिची हत्या गरी फरार भएको भन्ने घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले वीरगंजबाट उनलाई पक्राउ गरेको हाे ।


पक्राउ परेकि आरती सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























