माछा मर्ने क्रम नरोकिए पछि आँधीमूल मन्दिरमा क्षमा पूजा
आँबुखैरेनी गाउँपालिका स्थित आधीमूल मन्दिर परिसरमा रहेको पोखरीको माछा मर्ने क्रम नरोकिए पछि साेमबार बिहान क्षमा पूजा गरिएको छ ।


मन्दिरमा परम्परागत रुपमा चली आएको रीतिरिवाज अनुसार बोका बलि दिइ क्षमापूजा गरिएको हो । मन्दिरका पुजारी, आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, वडा नं. १ का वडा अध्यक्ष प्रेम तमु लगायत जनप्रतिनिधि,कर्मचारी, आँधीमूल क्षेत्र संरक्षण समितिका पदाधिकारी तथा स्थानीयबासीको विशेष उपस्तिथिमा क्षमा पूजा गरिएको आँधीमूल क्षेत्र संरक्षण समितिका अध्यक्ष हिमाल थापाले जानकारी दिए ।


आँधिमुल मन्दिरमा पुजा गर्न र यहाँको सानकाे रूपमा रहेको माछा हेर्नलाइ पनि मानिसहरु आँधिमुल आउने गर्दछन । माछा बिनाको आँधिमुल अधुरो हुने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका थिए ।



























