जिल्ला ट्राफिक प्रहरी कार्यालय सिमलटार सर्याे
जिल्ला ट्राफिक प्रहरी कार्यालय दमौलीबाट सिमलटारमा सरेको छ । व्यास-४ दमौलीस्थित जिल्ला प्रहरी कार्यालय अगाडिको मुख्यचोकमा रहेको कार्यालय सोही वडाको सिमलटारमा सरेको हो ।


विगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालय अगाडीको व्यास ४ मा जाने बाटोकाे मुखैकाे घरमा भाडामा सञ्चालन हुँदै आएको कार्यालय जेठ २ देखि सिमलटारस्थित सुगम पेट्रोलपम्पको अगाडीबाट निम्तो पार्टी प्यालेस हुँदै अन्दाजी १५० मिटरभित्र सरेको तनहुँका ट्राफिक प्रमुख सइ सन्तोष पाैडेलले बताए ।





























