तनहुँमा जेठ १४ गते देखि आइपीभी खाेप अभियान सञ्चालन हुने

तनहुँमा जेठ १४ गते देखि आइपीभी खाेप अभियान सञ्चालन हुने

तनहुँमा यस वर्ष १८ हजार पाँच सय ८१ जना बालबालिकाका लागि यही जेठ १४ गते देखि २८ गतेसम्म आइपीभी खोप अभियान सञ्चालन हुने भएको छ ।

खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको हो । जिल्लाका दशवटै स्थानीय तहमा खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालय तनहुँले आवश्यक तयारी थालेको जेठ ८ गते दमाैलीमा आयाेजीत आई. पि. भी खाेप अभियान २०८१ खाेप समन्वय समिति , संचारकर्मी र सराेकारवालाहरूकाे अभिमुखिकरण गाेष्ठिमा बताइएको हाे ।

विकट ग्रामीण भेगका बालकालिकालाई खोपको पहुँचमा ल्याउन पाँच सय २७ स्थानमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका खाेप अधिकृत शंकर बावु अधिकारीले बताए । कुनै पनि बालबालिका आइपीभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित चार सय ३५ जना स्वास्थ्यकर्मि तथा स्वयंसेवक खटाइने अधिकारीले जानकारी दिए ।

स्वास्थ्यकर्मीले विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा बालबालिकालाई पायक पर्ने ठाउँमा पुगेर खोप लगाउने उनले बताए। खोप अभिायनलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्यचौकीसँग सहकार्य गरिने उनले जानकारी दिए । उनले भने, “विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न थालिएको हो, नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई आइपीभी खोप लगाउने तयारी छ ।

सोहीअनुसार तनहुँमा पहिलो चरणमा व्यास , देवघाट , आवुखैरेनी , बन्दीपुर र म्याग्दे गरि ३८ वटा वडा हरूमा १ सय १५ केन्द्रमा जेठ १४ गतेदेखि २० गतेसम्म र दाेस्राे चरणमा भानु , शुक्ला , ऋषिङ , घिरिङ र भिमादमा गरि ४७ वडामा जेठ २२ गतेदेखि २८ गतेसम्म १ सय २३ केन्द्रमा खाेप अभियान सञ्चालन हुने छ ।


जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख बाशुदेव थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा डाक्टर रामु शर्मा तथा जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख विद्या तामाङले खाेप सम्बन्धि प्रस्तुति तथा सहभागीहरूले राखेको जिज्ञासा मेटाएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page