दमाैलीमा जात व्यवस्था विरूद्धकाे विद्रोह दिवसमा फाेटाे प्रदर्शनी

दमाैलीमा जात व्यवस्था विरूद्धकाे विद्रोह दिवसमा फाेटाे प्रदर्शनी
oppo_1026

तनहुँको दमौली स्थित व्यास-३ अनसन चौतारीमा तेस्रो ‘जात व्यवस्था विरुद्धको विद्रोह दिवस’ को सन्दर्भमा आयोजित फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

जात व्यवस्था उन्मूलन मोर्चा नेपालको आयोजनामा मंगलबार भएको कार्यक्रममा वि. सं. २०६८ देखि २०८० साल सम्म जातीय विभेदले ज्यान गुमाउनेहरुको नामावली र फोटो प्रदर्शन गरिएको जात व्यवस्था उन्मूलन मोर्चा नेपालका महासचिव रुपा सुनारले जानकारी दिईन ।

महासचिव सुनारका अनुसार जात व्यवस्था विरुद्धको विद्रोह दिवस अन्तर्गतका कार्यक्रमहरूमा जेठ ५ गते सामाजिक सञ्जालमार्फत पर्चा तथा पोस्टर प्रकाशन गरिएको थियो । यस्तै जेठ ६ गते देशव्यापी पर्चा वितरण , जेठ ७ गते देशव्यापी आँगन, टोल सभा कार्यक्रम भएको थियो भने आज जेठ ८ गते जात व्यवस्थाकै कारण मारिएका मृतकहरूको देशव्यापी फोटो प्रदर्शनी कार्यक्रम भएको हाे । कार्यक्रम अन्तर्गत जेठ ९ गते विज्ञहरूसँग जात व्यवस्थाबारे अन्तरक्रिया कार्यक्रम गर्ने , १० गते देशव्यापी, गोष्ठी, अन्तरक्रिया, जुलुस तथा सभा कार्यक्रम गर्ने कार्यक्रम रहेको छ ।

जात व्यवस्थाकाे उत्पीडन विरूद्ध दलित समुदाय अनवरत रूपमा संघर्षरत रहेपनि दलित माथिको जातीय उत्पीडन आज पनि अन्त्य हुन नसकेको महासचिव सुनारले बताइन् । २०६८ साल यता मात्रै जातकै कारण ४५ जनाको निर्ममतापुर्वक हत्या गरिएको छ । यस्तो जटिल अवस्थामा पनि राज्य सत्ताले पीडितलाई न्याय दिनुकाे सट्टा उल्टै अपराध गर्नेलाई नै प्राेत्साहन र संरक्षण दिइरहेको उनले बताइन् ।
जात व्यवस्था उन्मुलन माेर्चाले हरेक वर्षको जेठ १० गतेलाइ जात व्यवस्था बिरूद्धकाे विद्रोह दिवसको रूपमा मनाउँदै आएकाे र यस वर्ष पनि विभिन्न प्रतिराेधि कार्यक्रम सहित यस दिवस मनाउन सम्बन्धित सराेकारवालाहरू लाई अपिल गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page