व्यासको प्रमुख प्रशासकीय अधिकृतमा काशीराम गैरे
व्यास नगरपालिकाकाको प्रमुख प्रशासकीय अधिकृतमा काशीराम गैरेले जिम्मेवारी पाएका छन् ।
यस अघिका प्रमुख गंगालाल सुवेदी माधवनारायण नगरपालिका राैतहट सरूवा भए पछि रिक्त ठाउँमा गैरे आउने भएका हुन् ।


गैरे इलाका प्रशासन कार्यालय लेखनाथ कास्कीबाट सरुवा भई आउन लागेका हुन् । गैरेले बुधबार देखि नै जिम्मेवारी सम्हाल्ने भएका छन् । उनले यस अघि जिल्ला प्रशासन कार्यालय तनहुँमा सहायक प्रमुख जिल्ला अधिकारी , शुक्लागण्डकी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र बन्दिपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।





























