म्याग्देकि अनिशा मृत्युु प्रकरण – श्रीमान र ससुरा पुर्पक्षका लागि थुनामा !

म्याग्देकि अनिशा मृत्युु प्रकरण – श्रीमान र ससुरा पुर्पक्षका लागि थुनामा !

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ३ स्थित धयेरेकि अनिशा श्रेष्ठ / लामिछानेको मृत्युु प्रकरणमा उनका श्रीमान दिपेश र ससुरा हरिराज लामिछाने लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । बुधबार तनहुँ जिल्ला अदालतका न्यायाधिस चन्द्रकुमार पाेख्रेलकाे इजलासले श्रीमान र ससुरा लाई पुर्पक्षका लागि थुनामा र सासुलाई ५० हजार धराैटिमा छुटाउने आदेश भएको हाे । बैशाख १५ गते आफ्नै घरमा मृत भेटिएकि लामिछानेकाे मृत्युु सम्बन्धमा घटना रहस्यमय भएको भन्दै माइती पक्षले जाहेरी दिएका थिए ।

उनको मृत्यु सम्वन्धमा अनुसन्धानकाे लागि मृतक लामिछानेको श्रीमान , सासु र ससुरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेकाे थियो । घरको काेठामा पंखामा झुन्डिएर आत्महत्या गरेको परिवार पक्षको भनाइ रहेको थियो भने माइती पक्षले घटना नियाेजित भएको र यसमा परिवारका सदस्यहरूकाे हात रहेको आराेप लगाइ जाहेरी दिएका थिए ।

मृतक अनिशाकाे माइती पाेखरा स्थित कुँडहर हाे र उनको माइती श्रेष्ठ परिवारका हुन् । पाेखराकि श्रेष्ठ र म्याग्दे ३ धयेरेका दिपेश लामिछाने बिच १ वर्ष अगाडि प्रेम बिवाह भएको थियो । उनिहरू दुबै जना आदिकवि भानुभक्त क्याम्पसमा अध्यनरत समेत रहेका थिए । अनिशाकाे माइती पक्षले अदालत बाहिर दिनभरि नाराजुलुस गरेको थियो । माइती पक्षले हत्यारालाइ हदै सम्मको कारबाहि गर भन्दै नारा लगाएका थिए । मृतक अनिशाकाे सव अहिलेसम्म गण्डकी अस्पतालमा रहेको छ ।

अब जिल्ला अदालत तनहुँकाे आदेश चित्त नबुझे उच्च अदालत पाेखरा जान सक्नेछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page