जातीय विभेद तथा छुवाछूत सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

जातीय विभेद तथा छुवाछूत सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

व्यास नगरपालिकाका वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्य एवम् वडा सदस्यहरूलाइ जातीय विभेद तथा छुवाछूत सम्बन्धि १ दिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।
व्यास नगरपालिका दलित मैत्री दलित शसक्तिकरण समितिकाे आयाेजनामा भएको अभिमुखीकरण तालिमको गण्डकी प्रदेशका पुर्व मन्त्री डाेवाटे विकले उद्घाटन गर्दै सहभागीहरूलाइ प्रशिक्षण दिएका थिए । कार्यक्रममा पुर्व मन्त्री विकले कानुनले जातीय विभेद गर्न पाइँदैन भन्ने प्रस्ट हुँदाहुँदै पनि उक्त विषय व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले दलित मैत्री जातीय विभेद मुक्त नगरपालिका बनाउनकाे लागि वडा तहबाट नैँ यस अभियान कडाइका साथ लागु गर्नुपर्ने भन्दै यसतर्फ गम्भीर हुन सबैलाई निर्देशनात्मक ध्यानाकर्षण गराए । समाजमा कहिँ कतै जातीय विभेदका घटना घट्न नहुने नगरप्रमुख न्याैपानेकाे भनाइ थियो । जातीय विभेदकाे मुद्दा अन्य मुद्दा भन्दा संबेदनसिल हुने र याे सरकारवादी हुने नगरप्रमुख न्याैपानेले जानकारी गराए।

यस्तै कार्यक्रममा व्यास नगरपालिका शिक्षा शाखा प्रमुख केदार आचार्यले नगरपालिकाले जुन उद्भेश्य राखेर काम गरेको छ , त्यसलाई सफल बनाउन गाउँ टाेलबाटै सबै क्षेत्रका मानिसहरू लाग्नुपर्ने बताए । सबै मानिस समान हाे भन्ने चेतना दिन सक्यौं भने जातीय विभेदमा कमि आउने आचार्यकाे भनाइ थियो ।

उक्त अवसरमा व्यास नगर उपप्रमुख इन्दिरा दरै , १४ वटै वडाका वडा अध्यक्षहरू र गैरदलित वडा सदस्य तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

व्यास नगरपालिकाकाे ३९ अाैँ निति तथा कार्यक्रममा दलित मैत्री तथा जातीय विभेद मुक्त नगरपालिका बनाउने भन्ने उल्लेख भए अनुसार व्यास नगरपालिकाकाे आयाेजना र नगरपालिका अन्तर्गतको दलित शसक्तिकरण समितिले यसको सुरुवात गरेको हाे ।

यस किसिमको कार्यक्रम पश्चात् सबै वडामा वडाका जनप्रतिनिधिले दलित मैत्री तथा जातीय विभेद मुक्त समाज निर्माण गर्नलाई कार्ययोजना अगाडि बढाउने व्यास नगरपालिका दलित मैत्री दलित शसक्तिकरण समितिका संयाेजक कृष्ण रूचालले बताए ।
जातीय विभेद कसरी अन्त्य गराउन सकिन्छ भन्ने अभियानका अभियान्ता समेत रहेका रूचालले लामो समयदेखि यस क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत अभियान चलाउँदै आएका छन् ।

व्यास नगरपालिका दलित मैत्री दलित शसक्तिकरण समितिका संयाेजक कृष्ण रूचालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका सदस्य कमला विकले स्वागत र व्यास नगरपालिका महिला बालबालिका अपांगता तथा जेष्ठ नागरिक उपशाखा प्रमुख राधा आचार्यले सञ्चालन गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page