दमाैली आगलागी घटना – एक हप्ता बित्दा पनि पीडितले पाँच पैसा क्षतिपूर्ति पाएनन्

दमाैली आगलागी घटना – एक हप्ता बित्दा पनि पीडितले पाँच पैसा क्षतिपूर्ति पाएनन्

तनहुँकाे सदरमुकाम दमाैलीमा गत आइतबार राति भीषण आगलागी भयाे। दमाैलीकाे मुख्य चाेक फलफूल लाइनका पसलमा आगलागीले २४ वटा पसल खरानी भयो । मध्यरातमा अकस्मात् लागेको आगाेले त्यहाँका व्यवसायीहरूकाे करिब ७ करोडको क्षति भएको निष्कर्ष सहितको प्रतिवेदन छानबिन समितिले अहिले सराेकारवाला निकायमा बुझाइसकेको छ ।

व्यवसायीहरूले अहिले कतैबाट राहत आउछ कि भनेर हेरेका छन् , तर एक हप्ता बित्दा पनि पाँच पैसाको सहयोग कतैबाट पाएका छैनन । यसबीचमा राष्ट्रपति देखि केन्द्रीय तहका नेता , सांसद , प्रदेशका नेता , सांसद , मन्त्री , जिल्ला समन्वय , स्थानीय तह , विभिन्न संघ संस्था लगायतले दुख व्यक्त गर्दै क्षतिपूर्तिको माग गरे । दिनदिनै सबै जसाे पार्टीका नेताले गरेको क्षतिपूर्तिको माग र घटना प्रति दुख व्यक्त भन्ने खबरले सामाजिक सञ्जाल देखि समाचारहरूले ठाउँ पाए । तर ति सबै देखावटी मात्रै देखिएका छन् ।

राज्यको जिम्मेवार पदमा बसेका व्यक्तिहरूले सम्बन्धित ठाउँमा ढाेका ढकढक्याएर राहत उपलब्ध गराउन सक्नुपर्नेमा पिडितलाइ सान्त्वना दिन भन्दै दिनदिनै घटना घटेको ठाउँमा आउँदै म तपाईंहरूकाे पक्षमा छु भन्दै फर्किए । त्यो क्रम अहिलेसम्म पनि जारी रहेको पिडित श्रीराम खनालले बताए । हामीले अहिलेसम्म कतैबाट राहत त हैन , यही ठाउँ उपलब्ध गराइदिनुस आफै बनाएर बस्छम भन्दापनि ठाउँ पाएका छैनौं अर्का एक पिडितले भने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page