तिम्लाइ मात्र दाेश दिई ,आफु साधु बन्दिन म
गजल

तिम्लाइ मात्र दोश दिई, आफू साधु बन्दिन म,
लिएको नि हुन सक्छु, दे को मात्र सम्झिन्न म..

जानेर या नजानेर, गल्ती दुबै बाट हुन्छ ,
मेरा गल्ती लुकाएर, तिम्रा गल्ती गन्दिन म !
रोज्न थालेउ भिरको बाटो,सम्म बाटो छोडीछोडी
आफू हिड्ने बाटो आफैं , खन अब , खन्दिन म
हाँसिखुशी लाको माया,आज फाटो भो,भन्दैमा
स्वार्थी म नि हुन सक्छु, लुट्नु लुटेउ भन्दिन म
तिमी स्वार्थी म नि स्वार्थी,स्वार्थी नै यो दुनियामा
आफ्नो ख्याल आफैं गर , अरु कुरो जान्दिन म
नबिना खनाल गौतम
पोखरा लामाचौर





























