सत्रसयमा भएको कार दुर्घटनामा ५ जना घाइते
तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. १ सत्रसय स्थित पृथ्वी राजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउदै गरेको BR06DH8281 नं. को ईन्डियन कार अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । दुर्घटनामा परेको कार सडक देखी अं.२० मिटर तल खस्दा चालक सहित कारमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।


आबुखैरेनी अस्पतालमा उपचार भईरहेका घाईतेहरु:-

-) भारत बिहार मजसापुर थानाकाटी बस्ने बर्ष २३ को सचेन्द्र कुमार । पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेका घाईतेहरु:-
-) भारत बिहार मजसापुर थानाकाटी बस्ने बर्ष २३ को आन्नद कुमार ।
=) भारत बिहार मजसापुर थानाकाटी बस्ने बर्ष ३० को राजेश कुमार ।
=) भारत बिहार मजसापुर थानाकाटी बस्ने बर्ष २५ को सुमित कुमार ।
डिस्चार्ज भएका घाईतेहरु:-
-) भारत बिहार मजसापुर थानाकाटी बस्ने बर्ष २४ को राज कुमार ।




























