स्थापना दिवसको अवसरमा प्रेस युनियन तनहुँकाे अन्तरक्रिया !
नेपाल प्रेस युनियनकाे ३३ औं स्थापना दिवसको अवसरमा प्रेस युनियन तनहुँ शाखाले अन्तरक्रिया कार्यक्रम गरेको छ ।


प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि सराेकारवालाकाे भुमिका विषयमा भएको कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जे देख्छ त्यो कुरा जनतामा लाने पत्रकारको धर्म भएको बताए ।
नेपाली काङ्ग्रेस र प्रेस युनियनको बिचमा सुमधुर सम्बन्ध रहेको भन्दै खनालले पत्रकारहरूलाई संस्थागत रूपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा पार्टी संवेदनशील रहेको बताए ।
पत्रकारकाे निष्पक्ष सुचना तथा जानकारीले सर्वसाधारण नागरिकमा सकारात्मक सन्देश जान सकाेस भन्ने खनालकाे भनाइ थियो ।


कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेस तनहुँका अध्यक्ष कृष्णबहादुर केसीले नेपाली काङ्ग्रेस र ट्रेड युनियन काङ्ग्रेस तथा प्रेस युनियन बिच नङ र मासुको सम्बन्ध रहेको बताए । प्रेस युनियनका साथीहरू सँग सहकार्य गर्दै अगाडि बढ्न ट्रेड युनियन काङ्ग्रेस तयार रहेको केसीको भनाइ थियो ।

प्रेस युनियन तनहुँका अध्यक्ष शेख हनिफ गाेरा मियाकाे अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्षहरू प्रदिप काफ्ले , ओमकार आचार्य , अमर राज नहर्की , पुर्ण विक , उपेन्द्र खनाल लगायतका वक्ताहरूले शुभकामना व्यक्त गरेका थिए ।


























