प्राइम कमर्सियल बैंकको ४१ हजार कित्ता शेयर बिक्रीमा:

प्राइम कमर्सियल बैंकको ४१ हजार कित्ता शेयर बिक्रीमा प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४१ हजार ५० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्र द्वारा बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय १० रुपैयाँ तोकेको छ । यस लिलामी शेयरमा विद्यमान संस्थापक वा जो–कोही व्यक्तिले खरिद आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता शेयरका लागि प्रतिस्पर्धात्मक मूल्य तोकि खरिद आवेदन दिनुपर्नेछ । शेयर खरिद गर्न इच्छुकले माघ २४ गतेदेखि फागुन ४ गतेभित्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर भवन, थापाथली काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page