धितोपत्र बोर्डको अध्यक्ष अविलम्ब नियुक्ति गर्न लगानीकर्ताको आग्रह:

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्न आग्रह गरेका छन् । सरकारले पूँजी बजार जस्तो संबेदनशिल क्षेत्रलाई वेवास्था गर्दै कार्यकारी भुमिकाको अध्यक्ष नियुक्ति नगरेर उपेक्षा गरेको भन्दै उनिहरूले यस्तो बताएका हुन् । लामो समयदेखि अध्यक्ष रिक्त हुँदा पूँजी बजार सरकारको प्राथमिकतामा पर्दैन भन्ने कुरा त देखिएको छ नैं साथै पुँजी बजार प्रति सरकार संवेदनशिल नभएको पनि प्रस्ट भएको छ नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले भने । ।’ धितोपत्र बोर्डको अध्यक्षको कार्यकाल कहिले सकिन्छ, नियुक्ति प्रकृयाँ कसरी अगाडी बढाउनु पर्छ भन्ने कुरा राम्रो सँग थाहा हुन्छ । सबै कुरा थाहा हुँदा हुँदै पनि वेवास्था भइरहेको लगानीकर्ताहरुको आरोप छ । सरकारले पदपूर्तिका लागि तीन सदस्यीय समिति बनाएर झारा टार्ने काम मात्रै गरेको नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले आरोप लगाएका छन् । धितोपत्र बोर्डको अध्यक्ष नहुँदा शेयर बजारमा चरम वेथिति देखिनुका साथै नियमित काम कारबाही समेत अगाडी बढ्न नसकेको अध्यक्ष पाण्डेले बताए । शेयर बजार एकदमै तल्लो विन्दुमा छ । शेयर बजारमा कन्फिडेन्स चाहिने अवस्थामा अध्यक्ष जस्तो पद नै रिक्त हुँदा लगानीकर्ताले आफ्ना कुराहरु नै अगाडी बढाउन नपाएको लगानीकर्ताको भनाइ छ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष माओवादीको भागमा र नेपाल राष्ट्र बैंकको गभर्नर कांग्रेसको भागमा भागबण्डा गरेर अगाडी बढ्न खोज्दा यस्तो अवस्था आएको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । शेयर बजार जस्तो संबेदनशिल क्षेत्रमा राजनीतिक भागबण्डा गर्दा सक्षम र दक्ष नेतृत्व आउन नसक्ने उनको आरोप छ । यस भन्दा अगाडीका सरकारले पनि यस्तै काम गर्दै आउदा पूँजी बजारको विकास पछाडी परिरहेको उनको भनाइ छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page