बन्दिपुरका महिलालाई ढाकाकाे कपडा बुन्ने तालिम
तनहुँको बन्दीपुरका महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाइ सम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिकाले गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम मार्फत महिलालाई ढाकाको कपडा बुन्ने तालिम प्रदान गरेको हो।


महिलालाई व्यावसायिक बनाउँदै आयआर्जनसँग जोड्न तथा महिलाको जीवनस्तर उकास्न विभिन्न सीप प्रदान गर्दै आए सँगै उक्त तालिम प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले बताइन् ।


तालिमका क्रममा ढाकाको धागोमार्फत टोपी, सल, पछ्यौरा, हाते झोला र खादाजस्ता सामग्री उत्पादन गर्न सिकाइनेछ ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले तालिमका नाममा तालिम लिने मात्र नभई प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन सक्नुपर्ने बताए ।



























