टी–२० विश्वकपमा प्रत्येक खेल जिते बापत युनियन एजुकेशनले दुई लाख रुपैयाँ दिने
पुरुष टी–२०विश्वकपमा सहभागी नेपाली टोलीको हौसला बढाउन युनियन एजुकेशनले पुरस्कार घोषणा गरेको छ ।


टी–२० विश्वकपका संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुने खेलमा विश्वकप प्रतियोगिताका प्रत्येक खेल जिते वापत युनियन एजुकेशनले नेपाली टिमलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको हो ।


नेपाली टोलीको हौसला बढाउन युनियन एजुकेशनले पुरस्कार घोषणा गरेको युनियन एजुकेसनका सञ्चालक रमेश बाबू भट्टराईले बताए । एजुकेसनले यस अगाडि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएकाे छ ।



























