म्याग्देका महिलालाई मकैकाे खाेस्टाबाट टाेपि , व्याग बनाउने तालिम प्रदान

म्याग्देका महिलालाई मकैकाे खाेस्टाबाट टाेपि , व्याग बनाउने तालिम प्रदान

म्याग्देका महिलाहरूले सीपमूलक तालिम लिएका छन् । म्याग्दे गाउँपालिका वडा नं २ मा भएको तालिममा वडा नं १, २, ३ र ७ नम्बर वडाका ३१ जना महिलाहरूले भाग लिएका थिए ।

तालिममा यत्तिकै खेर गइरहेका स्थानीय कच्चा पदार्थबाट आम्दानिको श्रोत बनाउन सकिन्छ भन्ने उद्धेश्यले मकैको खाेस्टाबाट टोपि, व्याग लगायत सजावटका सामाग्रीहरू बनाउने तालिम प्रदान गरिएको हाे । म्याग्दे गाउँपालिका उद्योग शाखा अन्तर्गत गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत १ महिने तालिमकाे समापन गरिएको हो ।

तालिमबाट सीप सिकेर महिलाहरूले सहज रूपमा आम्दानि गर्न सक्ने र स्वाबलम्बि तथा आत्मनिर्भर बन्न सक्ने गाउँपालिकाले अपेक्षा गरेको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । तालिम लिएका महिलाहरूले आर्थिक लाभ लिन सक्ने अवसर तालिम बाट प्रदान भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

तालिमबाट स्थानीय महिलाहरूले स्थानीय स्रोत साधनको प्रयोगबाट आकर्षक झोला, टोपी साथै आवश्यकता अनुसार अन्य सामानहरू बनाई प्रयोग गर्न सक्ने अपेक्षा गरेको उद्योग शाखा प्रमुख अधिकृत सातौं प्रदिप न्यौपानेले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page